images
images

आइतवार, जेठ ६ गते २०८१

सिद्धार्थनगरका मेयर र राष्ट्रसंघका महासचिवबीच भेट, विकासका लागि आग्रह

सिद्धार्थनगरका मेयर र राष्ट्रसंघका महासचिवबीच भेट, विकासका लागि आग्रह

images
images
images
मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • सिद्धार्थनगरका मेयर र राष्ट्रसंघका महासचिवबीच भेट, विकासका लागि आग्रह

    भैरहवा, १४ कार्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले संयुक्त राष्ट्रसंघका (युएनओ) महासचिव एन्टोनियो गुटेरेसलाई नगरमा स्वागत गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका गुटेरेसलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मेयर खानलगायतले उनलाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    सोही क्रममा नगरप्रमुख खानले नगर क्षेत्रमा विकासको विषयमा महासचिव गुटेरेससगँ संक्षिप्त कुराकानी गर्दै योजना सञ्चालनका लागि अनुरोध पत्र दिएको नग प्रमुखको सचिवालयले जनाएको छ । नगरप्रमुख खानले नगरको बेलहिया सीमा नाकामा शान्तिका अग्रदुत गौतमबुद्धको सबैभन्दा अग्लो प्रतिमाको निर्माण र त्यसको सकारात्मक पाटो/पर्यटन प्रवद्र्धनको विषयमा उल्लेखित अनुरोध पत्र महासचिव गुटेरेसलाई दिएको नगरप्रमुखका स्वकीय सचिव बरकत बादशाह शेषले बताए ।

    ‘विश्व शान्तिको मुहान लुम्बिनीमा जन्मिएका भगवान गौतमबुद्ध लक्षित योजना सञ्चालनका लागि महासचिवलाई अनुरोध पत्र दिएका छौं’ नगरप्रमुख खानले भने, ‘संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण भए बुद्धका सन्देशहरुका साथै नगरमा विकासले थप फड्को मार्ने हाम्रो विश्वास छ ।’

    उनले थपे, ‘केही नगर्नुभन्दा थोरै भए पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता हो, संघका महासचिव नगरमा आउनुभएको भएको बेला उनलाई स्वागतको साथमा नगरमा विकासको ईट्टा थप्नका लागि अनुरोध गरेको हुँ । संघको ध्यानार्कषण भयो भने त्यसको फाइदा हामी सबै नगरबासीको लागि नै हुने हो ।’

    उनले सीमामा सबैभन्दा अग्लो बुद्ध प्रतिमा निर्माणले मानवताको सेवामा शान्ति, करुण र भक्तिको विश्वव्यापी सन्देश दिनुका साथै लुम्बिनी प्रदेश र मुलुकको धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सबै पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा मद्दत पुग्ने बताए ।
    नेपाल भारतको सीमा क्षेत्रको दुवैतर्फ ५ सय मिटरसम्म मित्रताको प्रतीकात्मक बगैंँचा योजनाले पनि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij