२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

ओमसतियामा बजार अनुगमन, २० किलो मासु नष्ट

मंगलवार , आश्विन ३०, २०८०

भैरहवा, ३० असोज । 
चाडवपर्वलाई लक्षित गरी रुपन्देहीको ओमसतिया गाउँपालिकाले बजार अनुगमन गरेको छ । ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बसन्तपुरमा अनुगमनको लागि टोली पुुग्दा व्यवसायीहरुले सटर बन्द गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको संयोजकत्वमा अनुुगमन टोली पुुग्दा विशेष गरी मासु व्यवसायीहरु सटर बन्द गरी भागेका थिए । त्यस्तै दर्ता नगरेका र बिल बिजक नभएका किराना पसलहरु पनि बन्द भएका थिए ।

अनुुगमनको क्रममा दर्ता नभएको मासु पसलबाट करिब २० किलो कुहिएको मासुु बामद गरी नष्ट गरिएको अनुगमन समिति संयोजक चौधरीले बताइन् ।

अनुगमनको क्रममा खाद्यान्न मासुु, चिया, फलफूल, तरकारी लगायतका पसल अनुुगमन गरेको उनले बताइन् । अनुगमनको क्रममा अधिकांश पसलहरु गाउँपालिकामा दर्ता नभएकोभेटिएको अनुुगमन समितिकी संयोजक चौधरीले बताइन् । नियम उल्लंघन गरी व्यवसाय सञ्चालन गरेकालाई नियमपूर्वक सञ्चालन गर्न तथा गुणस्तरीय वस्तु विक्रीवितरण गर्न निर्देशन दिइएको उनले बताइन् । गुणस्तरहीन मासु विक्री गर्नेलाई पहिलोपटक सचेत गराउँदै भविष्यमा फेरी भेटिए कारवाही गर्ने उनले बताइन् ।

त्यस्तै होटल अनुगमनको क्रममा अधिकांश पसलमा सरसफाई नदेखिएको हुँदा त्यहा सरसफाईका मापदण्डलाई पालना गर्न उनले होटल व्यवसायीहरुलाई चेतावनी दिएकी छन् ।

अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, राजस्व शाखा प्रमुख अमृता पाण्डे, स्वास्थ्य शाखा, पशुु शाखाका कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।