शुक्रवार , माघ १६, २०७७
भैरहवा, १६ माघ ।
भैरहवामा कोभिड–१९ क्रिकेट कप–२०२१ सुरु भएको छ । विराट मेडिकल हल भैरहवाको आयोजनामा सिद्धार्थनगर–४ स्थित सुगरमिलको मैदानमा प्रतियोगिता सुरु भएको हो ।
कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सम्झना र कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुको सम्मानमा प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक राजु रौनियारले बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा विराट वारियर्स, साका आइस इमरजेन्सी च्यालेन्जर्स, भीम अस्पतालका चिकित्सक, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, सिद्धार्थनगर सिटी हस्पिटल, हाम्रो डेण्टल क्लिनिक र मायादेवी पोलिक्लिनिक गरी ७ वटा टिमको सहभागिता रहेको सन्त कुमार कुर्मी (प्रेम)ले जानकारी दिए ।
प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले उद्घाटन गरे । सो अवसरमा बोल्दै रज्जाकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।
श्रीकान्त उपाध्यायको अध्यक्षता, मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारको विशिष्ट आतिथ्यता, नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्याय, राजेश चौधरी, भीम अस्पतालका ल्याब इञ्चार्ज आशिष श्रेष्ठको आतिथ्यता तथा रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij