images

मंगलवार, बैशाख १८ गते २०८१

भारतीय रियालिटी शो इण्डियन आईडल रीट्टो रीवाले बुटवलमा प्रस्तुती दिने

भारतीय रियालिटी शो इण्डियन आईडल रीट्टो रीवाले बुटवलमा प्रस्तुती दिने

images
images
images
सोमवार, आश्विन २२ २०८०
सोमवार, आश्विन २२ २०८०
  • भारतीय रियालिटी शो इण्डियन आईडल रीट्टो रीवाले बुटवलमा प्रस्तुती दिने

    बुटवल, २२ असोज । 
    भारतीय रियालिटी शो इण्डियन आईडल तथा प्रसिद्ध कलाकार रिट्टो रिवा आगामी असोज २६ गते शुक्रबार एक सांगीतिक कार्यक्रमका लागि बुटवल आउने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिकापथस्थित प्लान–बी क्लबको आयोजनामा हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिन चर्चित कलाकार इण्डियन आईडल रीट्टो रीवा बुटवल आउन लागेका हुन् । सांगीतिक प्रस्तुतीका लागि रीट्टो रीवासहित ८ जना कलाकार आउने प्लान–बी क्लबले जनाएको छ । 

    images

    करिब १ हजार दर्शक क्षमता भएको प्लान–बी क्लवको सभाहलमा आगामी असोज २६ गते शुक्रबार सांझ ८ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुने सांगीतिक कार्यक्रममा इण्डियन आईडल विजेता रिट्टो रिवाले प्रस्तुती दिनेछन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित एवं इण्डियन आईडल रिट्टो रिवाले प्रस्तुती दिने कार्यक्रमका लागि आवश्यक तयारी पुरा भएको आयोजक प्लान–बी क्लबका सञ्चालक कमल रानाले बताए । 

    खास गरी भारतीय ग्राहकहरुलाई आकर्षित गर्ने र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरी आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले भारतबाट उच्चस्तरीय कलाकार बोलाइएको सञ्चालक रानाले बताए । सञ्चालक रानाले भने, ‘हाम्रो मुख्य उद्देश्य यस क्षेत्रको व्यापार व्यवसायलाई गुल्जार बनाउन पर्यटन प्रवद्र्धनमार्फत आर्थिक विकास गर्ने हो, मुख्यतः धनाढ्य वर्गका भारतीय ग्राहकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गरी मनोरञ्जन गराउने हो । 

    रात्रीकालीन व्यवसाय भएकोले उच्च सुरक्षा सतर्कता रहेको र सामान्यतयाः अरु बेलामा प्रवेश शुल्क ५ सय रहेको प्लान–बी क्लबमा आगामी शुक्रबारका लागि रु. १ हजार र १ हजार ५ सयको टिकटको व्यवस्था गरिएको क्लबका अध्यक्ष सुरेश कुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा व्यवस्थाको उचित प्रबन्ध मिलाएका छौं । हाम्रो आफ्नै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टीम) छ र स्थानीय पालिका, प्रहरी, प्रशासनसँग पनि सहयोगका लागि समन्वय भइरहेको छ । 

    ७ जना स्थानीय युवाहरुको सक्रियतामा करिब १२ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको आधुनिक र सुविधायुक्त प्लान–बी क्लबले हाल ६१ जना युवालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको क्लबका शेयर सदस्य जीवन काफ्लेले बताए । काफ्लेका अनुसार ३ महिनाअघि गत असार २३ गतेदेखि सञ्चालनमा आएको सो क्लबमा दैनिक ३ हजारसम्म ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । 

    दिनभर व्यापार व्यवसायमा व्यस्त हुने र बाहिरबाट भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन दिने मुल लक्ष्य रहेको काफ्लेले बताए । उक्त क्लबमा अध्यक्ष श्रेष्ठ, संचालक राना र काफ्लेसहित मुकेश राना, रन्जन शाक्य, तेजबहादुर थापा र शिव थापाको संयुक्त लगानी रहेको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij