
शुक्रवार , आश्विन १९, २०८०
भैरहवा, १९ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउने भएका छन् । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित भएसँगै लुम्बिनी विकास कोषले भ्रमणको लागि सरोकारवालाहरु सग छलफल सुरु गरेको छ ।
शुक्रबार दिउँसो संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनीमा स्वागत एवं भ्रमणबारे जानकारी गराउँँदै संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले भ्रमणबारे सरोकारवालाहरुसँगको संयुक्त छलफल गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीसहितको उपस्थिति रहेको छलफलमा सरोकारवालाहरुसँग विशेष गरी महासचिव एन्टोनियो गुटर्रेसको लुम्बिनी भ्रमणमा स्वागत एवं लुम्बिनीको सम्बर्द्धन र सहयोगको लागि अपील गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबारे प्रचारप्रसार गर्ने छलफलको उद्देश्य रहेको लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराज शाक्यले बताए ।
असोज २६ गतेदेखि तीनदिनको लागि महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij