images
images

शुक्रवार, जेठ ४ गते २०८१

सहिदको सपनामा राजनीतिक व्यापार  

सहिदको सपनामा राजनीतिक व्यापार  

images
images
images
शुक्रवार, माघ १६ २०७७
शुक्रवार, माघ १६ २०७७
  • सहिदको सपनामा राजनीतिक व्यापार  

    माघ १६, जुन दिन देशको र जनताको लागि विभिन्न संघर्षहरुमा आहुती दिएका प्रथम सहिद लखन थापादेखि राष्ट्रमा प्रजातन्त्रको सुर्यदयको लागि सहादत भएका चार सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरत चन्द र गंगालाल श्रेष्ठसहित ती नेपाल आमाका ज्ञात अज्ञात सपुतहरु जसले देशको लागि जीवन आहुति दिए तीनलाई स्मरण गर्ने दिन र हुन त सहिदहरु आम नागरिकका मानसपटलमा सदैव जीवित र अमर रहेका छन् । जनताको अधिकार स्थापनाको लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, संघर्षमा विना स्वार्थ आफुलाई देशको लागि बलिदान दिने अमर व्यक्तित्वहरु जसलाई सहिद भनिन्छ ।

    images
    images
    images

    तिनै सहिदहरुको नाममा विभिन्न स्वार्थसिद्ध गर्ने तर राजनीतिक दलहरुको शब्दावलीमा आइरहने शब्द प्रजातन्त्र, लोकतन्त्र आजका दिनसम्म वा ७० र्वको इतिहासपछि पनि सामान्य आमनागरिकसम्म पुग्न नसकेको यथार्थ र संक्रमणकालको नाममा सीमित मानिसहरुले शासन सत्ताको सुविधा लिइरहने जमातको कारण आज ती सहिदहरुको अवमुल्यन भइरहेको अवस्थामा व्यर्थै ज्यानको आहुति दिएको रहेछ भनेर कहीकतैबाट बोध गरिरहेका होलान् ? 

    सहिद कुनै पार्टी, क्षेत्र, जात, धर्म, वर्णबाट माथि उठेर देश र राष्ट्रको राष्ट्रियता, अखण्डताको संरक्षरको लागि बलिदन दिने प्रतिकहरु हुन । तर कस्तो विडम्बना आफुलाई  लोकतन्त्र, गणतन्त्रको मसिहा ठान्ने र सहिदहरुको नाम भजाएर त्यही पार्टी, क्षेत्र, जात, धर्म वर्णको नाममा राजनीतिको उद्योग र व्यापार गर्नेहरुले देशको राष्ट्रियता, अखण्डता एवं सम्वृद्धिलाई च्याँखे थाप्न उद्यतहरु नै सहिद दिवस मानाउने अधिकारी एंव तिनै ठुला ठूला भाषण ठोकिरहेका छन् जुन कुरा तिनलाई लाज नलागे पनि तिनहरुलाई देखेर जनताले लाज मान्नुपर्ने अवस्था आजको वास्तविकता हो । 

    सन्दर्भ सहिद दिवस 
    पछिल्ला वर्षहरुमा यहाँ साँध मिचिएको झगडा, अपराधि भएर जेल बस्ता मरेका, भएका, झुण्डियर मरेका, सडक दुर्घटनामा मरेका आदिलाई अमूक पार्टीको र समुहको झण्डा बोकी भिडको राजनीति गरेर १० लाख रुपैयाँमा सहिदको व्यापार गर्नेहरुबाट सहिद दिवसको दिन प्रवचन दिदै सहिदप्रति अपमान गरिरहेका छन् ।  

    प्रजातन्त्र, लोकतन्त्र, विगत १० वर्षदेखि गणतन्त्रको नाममा जनतालाई अधिकारसम्पन्न गर्छौ र संविधानसभाबाट संविधान बनि सकेपछि देश र जनताको आर्थिक सामाजिक विकास हुन्छ भनी २००७ सालदेखि जनतालाई  आश्वासन दिने र संक्रमणकालको नाममा सत्तामा रहि आफ्नो मात्र स्वार्थसिद्ध गर्न लालायित हुने राजनीतिका सफेदपोस माफियाहरु तथा दलहरुको स्वार्थको कारण र तिनीहरुले निर्लज्जाको पराकाष्ठा देखाइरहँदा सहिदहरुको आत्मा पनि रोएको होला । र तिनै आफुलाई नेता भन्नेहरु आज कतैकतै सहिद दिवसको दिन विभिन्न कार्यक्रममा उभिएर सहिदहरुबारे बोली रहँदा आफुलाई नांगो महसुस गरेका होलान जस्तो लाग्दैन् । 

    २००७ सालदेखि २०७१ सम्म बाजे पुस्तादेखि नाती पुस्तासम्म सबैले प्रजान्तन्त्र, लोकतन्त्र, गणतन्त्र र संक्रमणकालको नाममा आन्दोलनको भन्दै कहिलेसम्म सहिद बनिरहने हो ?  यस्को उत्तर आजसम्म कसैले दिन सकेको छैन् भने यस्तो नियति भोग्ने कति पटक आन्दोलन गर्ने कतिलाई सहिद बनाउने ? चाहे त्यो २००७ साल होस वा चाहे त्यो ४६ साल, चाहे २०६२।६३ जहिले पनि आन्दोलन गर्दा अधिनायकवाद, सर्वसत्तावाद, निरकुंशतन्त्र भन्दै आन्दोलनमार्फत राष्ट्र र जनतालाई समृद्ध बनाउँछौ भन्ने कथित मुखियाहरु असफल आन्दोलनबाट केही प्राप्त गरिसकेपछि आफ्नो, श्रीमती, छोरा, छोरी सम्धी, सासु, ससुरा भान्जा, भान्जी र नातागोता आसेपासेहरुको कमाउने धन्दा संरक्षण गर्न र विभिन्न भ्रष्टाचारका काण्डहरु दिनमा मात्र सीमित ररिरहेका छन् भन्दा अतिसोयोक्ति नहोला ?  

    असफल आन्दोलनहरु यस मानेमा कि २००७ सालमा जसकोविरुद्ध आन्दोलन गरियो पदको लोभमा दिल्ली सम्झौताको नाममा तिनै राणालाई प्रधानमन्त्री बनाइयो ? २०४६ सालमा आन्दोलन भयो त्यो पनि तत्कालीन राजालाई सर्वेसर्वा मान्दै सम्झौतामा टुगिंयो ? र फेरी केही वर्षहरुमा पालैपालो सत्ताको तर खाँदै देशलाई संक्रमणको नाममा २०६२।६३ को दोस्रो जनआन्दोलनमार्फत पुन विदेशी भुमिमा विदेशीले उसैको भाषामा ड्राफ्ट गरेका सम्म भनिएको ? १२ बँुदे सम्झौताको नाममा २०७२ सालको संविधानमार्फत अब त  राजनीतिका आन्दोलन र माग पुरा भो भन्दै आर्थिक समृद्धितर्फ अघि बढ्ने हो भन्नेहरु २०७२ सालको नयाँ संविधान बनेको र राजनीतिका आन्दोलन र माग पुरा भएको ५ वर्ष पनि नपुग्दै उही पुरानै राग प्रजातन्त्र, अधिनायकबाद, प्रतिगमन  सर्वसत्ताबाद भो भन्दै तेस्रो आन्दोलन गर्नुपर्छ भन्दै देश र जनताको समृद्धि भन्दा आ–आफ्नो पद र कुर्सीको पुनः प्राप्तीको लागि आन्दोलन गर्ने र पद प्राप्तीका लागि कार्यकर्ताहरुको झुण्ड बोकेर सडकमा  र संविधानका मर्महरु च्यात्ने कर्ममा उद्दत देखिदै छन् ? अझै कति पटक आन्दोलन गर्ने र जनतालाई सहिद बनाउनेतर्फ अघि बढ्ने हो यसको उत्तर कतैबाट आएको छैन् ।

    सामान्य नेपाली नागरिक, सहिद परिवारका सदस्यहरु विरामी भइ अस्पतालमा बेड नपाउँदा वा अस्पतालको गल्लीमा सुतिरहँदा, बाध्यता बस लाखौं नेपालीले विदेशिइ आफ्नो पसिना चुहाएर अनि दैनिक ३ वटा लासको कफीन भित्रिरहँदा, संविधानले दिएको मौलिक हक शिक्षा र स्वास्थ्य जस्ता सामान्य सुविधाबाट वञ्चित रहँदा पनि तिनिहरु गरिब नेपालीले  पठाएको रेमिटेन्सको रकममा मोज गर्दै संसदमा हाजिर गरेर टाप कस्दै भत्ता खानमा मस्त रहँदासम्म जनतालाई विर्सिदिन्छन् अनि भन्छन् सहिदको सपना र जनताको लागि लागिपरेका छौ अनि वर्षौ बितिसक्दा पनि सहिदको नाम लिएर उनीरुलाई अपमानित गरिरहेका छन् । 

    सहिदहरुको सपना सकार पार्नको लागि देश र जनतालाई कसरी सबल बनाउने त्यसको वारे चिन्ता लिनुपर्ने त्यसको लागि काम गर्नुपर्ने बेला सहिदहरुको बलिदानलाई समेत वेवास्ता गर्दे सत्ताको लागि मरिहत्ते गर्ने हाम्रा राजनीतिक दल तथा तिनका नेताहरुलाई, सहिदहरुले देशको लागि बलिदान दिए जस्तै यिनले पनि सत्ताको स्वार्थको लागि त्याग गरी देश र जनतालाई सम्झी पद प्रतिष्ठा कुर्सी मोह त्यागि देशलाई आर्थिक प्रगतिको पथमा अगाडि बढाउनको लागि परे भने नै वास्तविक सहिदप्रति सम्मान हुनेछ । अन्यथा इतिहासको कुनै पनि पानामा खलपात्रको सम्मानका साथ यिनिहरुको नाम लेखिनेछ । 

    नत्र अबको युवा पुस्ताले श्रष्टा भुपि शेरचनको 
    हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए 
    बन्दैन मुलुक दुईचार सपूत मरेर नगए 
    भन्ने राष्ट्र प्रेमयुक्त सृजनालाई बन्दैन मुलुक केही सय थान कथित नेता मरेर नगए भन्ने आसय प्रकट गर्नुपर्ने हुन्छ ?
    चेतना भया । राष्ट्र र जनताको लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति नमन । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij