२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

पाल्पामा चक्कु प्रहार गरी युवकको हत्या

सोमवार , आश्विन १, २०८०

भैरहवा, १ असोज । 
पाल्पामा एक युवाको चक्कु प्रहार गरी हत्या भएको छ । तिनाउ गाउँपालिका–२ दोभान, घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या गरिएको हो ।

तीज गितमा नाच्ने क्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे ती युवकमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।