
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शैक्षिक सामग्री वितरण गरेको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष मनोज क्षेत्रीले बताए । शिक्षाको विकासले देशको विकास हुने भएकाले शिक्षाको विकास अपरिहार्य भएको बताए । उनले विद्यालयको आवश्यकता अनुसार आगामी दिनमा पनि कार्यक्रमहरु सञ्चालन गर्ने अध्यक्ष क्षेत्रीले बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यालय र सिद्धार्थनगर नगरपालिकाबीच सहकार्यको आवश्यकता रहेकोमा जोड दिइन् । उनले सहकार्य भए विद्यालयमा भएका समस्या समाधान गर्न सकिने बताइन् । नगर उपप्रमुख अधिकारीले सडक, नाला निर्माण गर्नु मात्र विकास नभएको उल्लेख गरिन् । उनले भनिन्, ‘शिक्षामा गरिने लगानीले देशको विकास हुन्छ ।’
त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक)ले नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले लायन्स भैरहवा ग्रीन सिटीले राम्रो कार्य गरेको बताए ।
श्री सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद बस्यालले विद्यालयलाई महत्व दिएको भन्दै लायन्स भैरहवा ग्रीन सिटीलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि विद्यालयले क्लबबाट सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘यहाँहरुको योगदानको अवश्य नै मूल्यांकन हुनेछ ।’
लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष मनोज क्षेत्रीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक शोभा गुरुङको स्वागत तथा लायन्स भैरहवा ग्रीन सिटीका सचिव संजय कुमार गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स भैरहवा ग्रीन सिटीका पूर्व अध्यक्ष गोविन्द प्रसाद गिरी, निवर्तमान अध्यक्ष श्री रायमाझी, विद्यालयकी प्रधानाध्यापक ममता प्रधानलगायतको उपस्थिति रहेको थियो ।
तीज मिलन कार्यक्रम
त्यस्तै लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शनिबार भैरहवामा तीज मिलन कार्यक्रम गरेको छ । संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक कपिल चापागाईंले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स रिजन चेयरपर्सन राजेन्द्र थापाले लायन्स भैरहवा ग्रीन सिटीले राम्रो काम गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij