
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ बैंक कलोनीस्थित मुन लाईट आवासीय माध्यमिक विद्यालयको आयोजनामा तीज गीत नृत्य प्रतियोगिता–२०८० सम्पन्न भएको छ । हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा कक्षा ३ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको २० वटा समूहले सहभागीता जनाएको थियो । विद्यार्थीहरुको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य राजेशराज जोशीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश खरेलले यस्ता किसिमका अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई थप प्रोत्साहन गर्ने बताए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र दिएर नहुने बताउँदै आफ्ना रितिरिवाज, परम्परा र साँस्कृतिक पर्वहरुको बारेमा जानकारी दिनुपर्ने बताए ।
प्राचार्य राजेशराज जोशीले विद्यार्थीहरुलाई समयसमयमा विभिन्न कार्यक्रममार्फत सहभागी गराउँदै आएको बताए ।
विद्यालयका प्राचार्य राजेशराज जोशीको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश खरेलको प्रमुख आतिथ्यता, सहायक प्राचार्य राजन पौडेल, जनसम्पर्क अधिकारी टीकाराम भट्टराई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन सीमा सिंजालीले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij