
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) को ८६ औं श्रृंखला पूरा भएको छ । शनिबार तालिमको ८६ औं श्रृंखला सम्पन्न भएको कार्यक्रमका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य बिरेन्द्र ज्ञवालीले जानकारी दिए । ज्ञवालीले सहभागीहरुलाई धन्यवाद दिदै भने, ‘यो तालिमले हामीभित्र लुकेको लिडरसीप क्षमतालाई बाहिर निकाल्ने कार्य गरेको छ ।
गत २ वर्षदेखि सञ्चालित यो तालिमको आकर्षण बढ्दै गइरहेको ८६ औं श्रृंखलाका प्रमुख अतिथि मायादेवी च्यारिटेबल फाउण्डेशनका संस्थापक अध्यक्ष सामाजिक अगुवा रवि कुमार रौनियारले बताए । रौनियारले भने, ‘यो तालिमले बोल्ने कला मात्र सिकाउने रहेनछ, यसले त असल लिडर बन्न व्यवहारिक शिक्षा दिदो रहेछ । रौनियारले आफ्नो सामाजिक अभियानको अनुभव पनि सुनाएका थिए ।
तालिममा दुई समूहमा छलफल गरिएको थियो । पर्यटन व्यवसायी संजिव जोशीले आन्तरिक पर्यटनको विकासबारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उद्यमी मनोज गोयनका, नमस्ते एकेडेमीका सह–प्राचार्य लीलामणि पाण्डे, हिरा केसी, पुरुषोतम लम्साल लगायतले विभिन्न पदीय भूमिकाको प्रस्तुति गरेका थिए ।
कार्यक्रममा समाजसेवी ओमकार गौचन तथा लिडरसिप स्किल्स डेभलपमेन्ट तालिमका सहजकर्ता पल्लवी न्यौपानेको पिता मधुकर कार्कीको निधन भएकोमा मौनधारण गरी श्रद्धाजली अर्पण गरिएको तालिम व्यवस्थापन समितिका सदस्य तथा मुनलाइट आवासीय माध्यमिक विद्यालय, भैरहवाका सञ्चालक त्रिलोकी तेलीले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ की वडा सदस्य सीता सुनारको स्वागत तथा व्यवसायी संजय जैसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
पछिल्लो समय कार्यक्रम (तालिम) भैरहवास्थित एसियन बुद्ध होटलमा सञ्चालन हुँदै आइरहेको छ । यो तालिम श्रृंखलाका संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij