२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

पामिरमा तीजगीत तथा नृत्य प्रतियोगिता

शनिवार , भाद्र ३०, २०८०

तिलोत्तमा, ३० भदौ ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा नगरपालिका–२ मा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कक्षागत प्रतियोगितामा कक्षा १ बाट अनुस्का नेपाली उत्कृष्ट, कक्षा २ बाट जेनिशा, कक्षा ३ बाट प्रकृती पन्थी र कक्षा ४ बाट प्रतिष्ठा पाण्डे उत्कृष्ट डान्सर भएका छन् ।

त्यसै गरी तहगत प्रतियोगितामा कक्षा ७, कक्षा ८ र कक्षा १० ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । प्रतियोगितामा कक्षा ४ का सगुन गाहा उत्कृष्ट डान्सर घोषित भए । 

कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य संगिता गौतम अर्याल, अम्बिका खराल, विद्यालयका प्रावि संयोजक रिना शर्मा, शिक्षका अमिशा रानालगायतले विद्यार्थीहरुको प्रतिभाको प्रशंसा गरेका थिए ।

प्रतियोगितामा नृत्य प्रशिक्षक सानु थापा मगर, शिक्षिका सन्जना श्रेष्ठ, सरिता गौतम र रोसु बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।