२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

विभिन्न कार्यक्रम गरी सनग्रेसले मनायो राष्ट्रिय बाल दिवस

शनिवार , भाद्र ३०, २०८०

भैरहवा, ३० भदौ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–६ बेथरीस्थित सनग्रेस ईङलिस बोर्डिङ स्कूलले राष्ट्रिय बाल दिवस–२०८० मनाएको छ । विद्यालय प्रांगणमा शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाइएको विद्यालयले जनाएको छ ।

बाल दिवसको अवसरमा र्‍याली, साँस्कृतिक कार्यक्रम, अभिभावक सम्मान, शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण, शिक्षक सम्मान, शेयर प्रमाणपत्र वितरण लगायत विभिन्न विधामा अवार्ड वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामसमुझ गुप्ताले बताए । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिदै विभिन्न दिवसमा कार्यक्रम गर्दै आएको गुप्ताले बताए ।

विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा सन्ध्या सहानीको अध्यक्षता तथा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमाल बरुवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार गुप्ता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) मायादेवी गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद भुसाललगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक रामसमुझ गुप्ताको स्वागत तथा शिक्षक संजय कुमार यादवको सञ्चालनमा भएको कार्यक्रममा शिक्षककोतर्फबाट रीता कुमारी गुप्ता र विद्यार्थीकोतर्फबाट कक्षा ५ का छात्र विकास गुप्ता र जितेन्द्र बरईले आ–आफ्ना भनाइ राखेका थिए ।

WhatsApp Image 2023-09-15 at 9.09.09 PM (2).jpeg
WhatsApp Image 2023-09-15 at 9.09.09 PM (1).jpeg

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ यस वर्ष राष्ट्रिय बाल दिवस मनाइएको छ ।