२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.द्वारा शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण

शुक्रवार , भाद्र २९, २०८०

भैरहवा, २९ भदौ ।
ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि. सिद्धार्थनगर, रुपन्देहीले शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा बुधबार भैरहवामा उक्त कार्यक्रम गरिएको ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.की प्रशासन प्रमुख सुनिता पाठकले बताइन् । उनले संस्कृति तथा संस्कारको संरक्षण गर्नु सबैको दायित्व भएको बताइन् ।

कार्यक्रममा फेसन डिजाइनिङ, सिलाईकटाई, रेशमको धागोबाट चुरा, माला, कानबाली तथा औंठी बनाउने, झोला तथा पर्स बनाउने तालिममा सहभागी ६० जनालाई प्रमाणपत्र वितरण गरिएको प्रा.लि.की प्रबन्ध निर्देशक तथा लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले बताइन् ।

कार्यक्रमका उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अहिलेको समयमा सिकेको सीपले मान्छे स्थापित हुने सक्ने बताए । उनले सरकारले गर्नुपर्ने कतिपय काम ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि. गरेको भन्दै प्रशंसा गरे । मन्त्री पाण्डेयले भने, ‘प्रदेश सरकारकोतर्फबाट आवश्यक सहयोग गछौं । दक्ष जनशक्ति उत्पादन गर्न ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.को भूमिका महत्वपूर्ण छ ।’

WhatsApp Image 2023-09-15 at 10.14.42 PM.jpeg

त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.ले तालिम लिएका व्यक्तिहरुलाई प्रशिक्षकको रुपमा समेत स्थापित गरेको बताइन् । उनले भनिन्, ‘ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.को पाइला अझै अघि बढ्दै जाओस् । ’ महिलाहरुको आर्थिक उपार्जनतर्फ ध्यान जानुपर्ने नगर उपप्रमुख अधिकारीको भनाइ छ ।  उनले सीप सिकेर घरबाटै कतिपय काम गर्न सकिने बताइन् ।

ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.की प्रबन्ध निर्देशक हेमा बेल्बासे के.सी.ले तालिम सिकेका सहभागीहरुले आर्थिक आर्जन गरेर जीवन अझ सहज बनाउनुहुन्छ भन्नेमा विश्वस्त रहेको बताइन् । उनले विगत ८ वर्षदेखि सञ्चालित ए. फोर टेनिड सेन्टरले वार्षिक ५–६ हजार जनालाई तालिम दिदै आएको बताए । उनले भनिन्, ‘ए. फोर टेनिड सेन्टर प्रा.लि. यहाँहरुको साथमा छ । तालिम लिइ सीप सिकेका व्यक्तिहरुले उत्पादन गरेर सामानको विक्री तथा प्रवद्र्धनमा पनि सहयोग गछौंं ।’

ए. फोर टेनिङ्ग सेन्टर प्रा.लि.की प्रशासन प्रमुख सुनिता पाठकको स्वागत तथा अदिती के.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा.लि.का निर्देशक अनिल के.सी. लगायतले बोलेका थिए ।

WhatsApp Image 2023-09-15 at 10.13.20 PM.jpeg