२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

तीज तथा एकल महिलालाई आर्थिक सहयोग

बिहिवार , भाद्र २८, २०८०

भैरहवा, २८ भदौ । 
बेलहिया युवा सामाजिक अभियन्ता समूह तथा गृह लक्ष्मी समूहले एकल महिलालाई आर्थिक सहयोग गरेका छन् । दुई संस्थाले संयुक्त रुपमा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाकी सालु राईलाई आर्थिक सहयोग गरेका हुन् । 

आर्थिक अवस्था कमजोर भएकी राईलाई केही पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको युवा समाजसेवी तथा मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले बताए । शर्माका अनुसार राईलाई बेलहिया युवा सामाजिक अभियन्ता समूहले रु. १० हजार प्रदान गरेको हो ।

त्यस्तै गृह लक्ष्मी समूहले रु. ५ हजार तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को कार्यालयले गत भदौ २३ गते शनिबार आयोजना गरेको तीज नृत्य प्रतियोगितामा सान्त्वना भइ पुरस्कारवापत प्राप्त गरेको रु. १ हजार ५ सय पनि सहयोग गरेको हो ।

गृह लक्ष्मी समूहले बुधबार बेलहियामा आयोजना गरेको तीज तथा आर्थिक सहयोग कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सरिता कार्की जयसवालले बताइन् ।

377819829_895739202093996_6587160075239802382_n.jpg

गृह लक्ष्मी समूह मन्जु शर्मा रेग्मीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–१ की वडा सदस्य हरिमाया गुरुङ, श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, नेपाल रेडक्रस सोसाईटी बेलहिया उपशाखाका सभापति सुमन शर्मा, बेलहिया आमा समूहकी अध्यक्ष मन कुमारी गुरुङ, मिलिजुली परिवारका अध्यक्ष माधव शर्मालगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गृह लक्ष्मी समूहकी सचिव विनिता ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।