२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

भैरहवामा ‘हिरोज अफ पब्लिक अवार्ड–२०८०’ को तयारी

बुधवार , भाद्र २७, २०८०

भैरहवा, २७ भदौ ।
रुपन्देही युवा समूहले विभिन्न ११ विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । समूहले ‘हिरोज अफ पब्लिक अवार्ड–२०८०’ बाट यस वर्ष ११ वटा विधामा सम्मान गर्ने भएको हो ।

आगामी कात्तिक १८ गते भैरहवामा ‘हिरोज अफ पब्लिक अवार्ड–२०८०’ समारोह आयोजना गरिने रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताले खबरपात्रोलाई बताए । राजनीति, सञ्चार, स्वास्थ्य, शिक्षा, उद्योग/व्यवसाय, खेलकुद, चलचित्र, समाजसेवा, बैंक तथा वित्तीय, प्रशासनिक क्षेत्र र नृत्य/संगीत विधामा व्यक्तिहरुलाई सम्मान गरिने गुप्ताले जानकारी दिए । 

‘विभिन्न क्षेत्रमार्फत रुपन्देहीलाई चिनाउन योगदान ‍पुर्याउनुभएका व्यक्तिहरुलाई उक्त समारोहमा सम्मान गर्नेछौं, ’उनले भने । भैरहवास्थित होटल पौवामा हुने समारोहमा करिब ५ सय जनाको सहभागीता रहने रुपन्देही युवा समूहले जनाएको छ ।

समूहले आयोजना गरेको यो समारोह पाँचौ संस्करण हो । समूहले पहिलोपटक २०७६ मा हिरोज अफ पब्लिक अवार्डबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

समूहले सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यहरु गर्दै आएको ‘हिरोज अफ पब्लिक अवार्ड–२०८०’ का कार्यक्रम संयोजक तथा रुपन्देही युवा समूहका सचिव कृष्ण प्रसाद खरेलले बताए ।