
बुधवार , भाद्र २७, २०८०
भैरहवा, २७ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित पक्लिहवा माध्यमिक विद्यालयमा ‘मानसिक स्वास्थ्य, यसको महत्व र हेरचाह’ विषयक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा एवलोन नेपालका संस्थापक अध्यक्ष रन्जु शर्मा तथा रोटरी क्लब अफ भैरहवाका अध्यक्ष उमेशचन्द्र आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा बोल्दै पक्लिहवा कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख सह–प्राध्यापक शैलेष गुरुङले मानसिक स्वास्थ्य भन्ने विषय जीवन उपयोगी विषय रहेको बताए । यो सचेतना कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मानसिक अवस्था ताजा राख्न पहल गर्ने, पढाइमा केन्द्रिकृत हुने र कुलतबाट टाढा राखी व्यक्तित्व विकास, र स्वस्थ समाजको निर्माणमा सहयोग पुर्याउने बताए ।
पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशिल गुरुङको अध्यक्षता तथा पक्लिहवा कृषि क्याम्पसका सहायक क्याम्पस प्रमुख शैलेष गुरुङको प्रमुख आतिथ्यता, पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी., विद्यालय व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सदस्य सलुजा विश्व सेन्चुरी, सदस्य सीतादेवी राजभर, समाजसेवी दीप गुरुङलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij