२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

सोमवार , भाद्र २५, २०८०

बाँके, २५ भदौ । नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।

श्री एयरलाइन्सको उडानमार्फत नेपालगन्जदेखि काठमाडौं जान लाग्दा विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सापकोटासँगै रहेका सोही कार्यालयमा कार्यरत दीपक पौडेल भने फरार रहेका प्रहरीको भनाइ छ ।