
आइतवार , भाद्र २४, २०८०
भैरहवा, २४ भदौ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माविमा आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भैरहवा नमूना माविको सहकार्यमा विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले बताए । कार्यक्रममा भैरहवा नमूना मावि कक्षा ११ र १२ का विद्यार्थी तथा शिक्षकहरु गरी करिब १०३ जनाको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपीं) भरत बहादुर वि.क.को अध्यक्षता, भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यता, जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका सह–न्यायधिवक्ता रमेश पोख्रेल, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव वन्जाडे र भैरहवा नमूना माविका प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण समेत गरिएको थियो ।
पछिल्लो समय आत्महत्याका घटना बढेकाले यस्ता जनचेतनामूलक कार्यक्रमले आत्महत्या रोकथामका लागि सहयोग पुर्याउने भैरहवा नमूना माविका अध्यक्ष आनन्द प्रसाद गुप्ताले बताए । उनले भने, ‘विद्यालयमा गरिने यस्ता कार्यक्रममार्फत विद्यार्थीहरुले सिकेका कुरा अरुलाई पनि सिकाउने हुँदा यो आफैमा महत्वपूर्ण छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij