२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

टुगा आस्थाद्वारा खुला तीज विशेष कार्यक्रम सम्पन्न

आइतवार , भाद्र २४, २०८०

भैरहवा, २४ भदौ ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया–१, रुपन्देहीको आयोजनामा हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा ओमसतिया–१ स्थित कटैयामा महिला शेयर सदस्यलाई लक्षित गरेर कार्यक्रम गरिएको सहकारीले जनाएको छ ।

महिला सशक्तिकरण पसमिति संयोजक लक्ष्मी देवी के.सी.को अध्यक्षता, जिल्ला सहकारी संघ रुपन्देहीका महिला उपाध्यक्ष एवं सहकारी अभियन्ता टिका न्यौपानेको प्रमुख आतिथ्यता तथा संस्था अध्यक्ष डी.बी. थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले सहकारी संस्थाबाट लिएको ऋण उचित स्थानमा प्रयोग गर्न सकिए ऋणको सदुपयोग हुने बताइन् । उनले टुगा आस्था विकास साकोस महिला सदस्यहरुको महिलाको सशक्तिकरण र व्यक्तित्व विकास गर्न सहयोग आवश्यक भएमा आफू सधै तयार रहेको बताइन् । तीज पर्वलाई ज्यादै भड्किलो र खर्चालु नबनाई परम्परा संस्कृति जोगाउँदै आफ्नो हैसियत अनुसार मनाउन उनले आग्रह गरिन् ।

कार्यक्रममा नयाँ सदस्य बन्नेलाई उपहारसहित स्वागत गरिएको थियो । संस्थाका अध्यक्ष थापाले तीज पर्वको शुभकामना व्यक्त गर्दै संस्थाले सदस्यलाइ दिई राखेको सेवा सुविधाहरुकोबारे स्मरण गराएका थिए । प्लाष्टिकजन्य झोला प्रयोगलाई निरुत्साहित गर्न कार्यक्रममा सांकेतिक स्वरूप सहभागीलाई कपडा झोला वितरण गरिएको थियो । 

कार्यक्रममा अतिथि कलाकार दिपु मगर र विष्णु ठडराईले तीज विशेष कार्यक्रमलाइ आफ्नो गायन कलाद्वारा मनोरञ्जन गराएका थिए । महिला सशक्तिकरण उपसमिति सदस्य रेखा खनालको स्वागत मन्तव्य तथा सञ्चालक शशिकला गुरुङको रहेको थियो ।