२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

मुर्गियामा गाईजात्रा बिशेष २०८० हुने

शुक्रवार , भाद्र २२, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • सैनामैना । सैनामैना जेसिज मुर्गिया रुपन्देहीको आयोजनामा हास्यब्यंग्य श्रृंखला गाईजात्रा २०८० हुने भएको छ । यही भदौ २३ गते सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा हास्यब्यंग्य गाईजात्रा विशेष प्रस्तुती २०८० हुने भएको हो ।

    सैनामैना जेसिज वर्ष २०२३ का प्रेसिडेन्ट जेसी यदुनन्द भण्डारीले नेपालका ख्यातिप्राप्त हास्य कलाकार मनोज गजुरेलको साथमा अन्य हास्यव्यङ्ग्य कलाकारको प्रस्तुति रहने जानकारी दिए । 

    उनका अनुसार कार्यक्रम साँझ ४ बजे देखि सुरु हुने उक्त कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको छ । भण्डारीले पेशा र ब्यवसायबाट सधै तनावमा रहने दैनिक जीवनशैलीलाई तनाववाट केही समयका लागि मुक्ती दिन र कहिलेकाँही हाँस्नु पनि स्वास्थ्यका लागि लाभदायक हुने भएकोले ख्यातिप्राप्त कलाकारसंग केही समयका लागि भएपनि सैनामैनाका स्थानीयलाई मनोरञ्जनको व्यवस्था मिलाएको बताए।

    गाईजात्रा विशेष कार्यक्रमलाई रोचक बनाउन नेपालकै प्रसिद्ध हास्यब्यंग्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, प्रभात लामा र सिता न्यौपाने आउने आयोजक सैनामैना जेसिजले जनाएको छ । गाईजात्रा हेर्न आउने दर्शकलाई १००० को टिकट शुल्क राखिएको छ ।