
बिहिवार , भाद्र २१, २०८०
बुटवल, २१ भदौ ।
पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गीति एल्बम ‘पशुपति के जात्रा सिद्रा के व्यापार’ बुटवलमा सार्वजनिक गरिएको छ । मधेशका समस्याबारे चिन्तक तथा सुधारक र अभियन्तासमेत रहेका गुप्ताद्वारा सिर्जना गरिएका ५ वटा गीतहरुको संगालो सो एल्बमको विमोचनसहित चर्चा परिचर्चा कार्यक्रम पनि भएको छ ।
सो कार्यक्रममा बोल्ने वक्ताहरूले गीति एल्बमले मधेशका जनताको समस्या, चाहना र पीडा गीतमार्फत अभिव्यक्त भएको बताउँदै मधेशमा भएको विकृति र विसंगति उजागर गर्नै प्रयास भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्माले मधेशका जनताको पीडा गीतमार्फत सार्वजनिक भएको बताउँदै आगामी दिनमा पनि समाजमा रहेका यस्तै समस्या उजागर गर्न सर्जक गुप्तालाई सुझाव दिएका छन् ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष नवराज कुँवरले गीति एल्बममार्फत मधेशका जनताले बर्षौदेखि भोगिरहेको पीडा र उत्पीडन सार्वजनिक भएको बताए । अध्यक्ष कुँवरले यसप्रकारका गीत र एल्बमले मधेशका जनतामा जागरण बढाउन गर्न सहयोग पुग्ने बताउँदै सर्जक गुप्ताको थप सिर्जनाको लागि शुभकामना दिए ।
गीतका रचनाकार प्रेमचन्द्र गुप्ताले लोक गीतको माध्यमबाट मधेशको समाजको विद्यमान अवस्थाको चित्रण गर्ने प्रयास गरिएको बताए । एल्बममा पाँचवटा गीत समावेश गरिएका छन । गीति एल्बममा आशा राव र रूश्मिला गौतमको आवाज रहेको छ ।
एल्बममाथि टिप्पणी गर्दै पत्रकार सुमन अधिकारी र लोकगायक लक्ष्मण खडकाले एल्बम तयार गर्न सर्जकले गरेको मिहिनेतको प्रशंसा गर्दै कला संस्कृतिको माध्यमबाट विकृति बिसंगति बाहिर ल्याउने गरी आगामी दिनमा अझै राम्रो एल्बम बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका सचिव माधव नेपालको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार विष्णु भुसालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij