
बिहिवार , भाद्र २१, २०८०
तिलोत्तमा, २१ भदौ ।
ज्योती जागृती आमा समूहको आयोजना तथा तिलोत्तमा नगरपालिका कार्यालय र वडा नम्बर ८ को कार्यालयको सह–आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित ४ नं. चोकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुष्पाञ्जली आमा समूह प्रथम, शान्ति सिर्जनशील आमा समूह द्वितीय, मिलन टोल विकास संस्था तृतीय र महाशक्ति महिला उत्थान महिला समूह सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. १५ हजार, द्वितीयलाई रु. १० हजार, तृतीयलाई रु. ८ हजार र सान्त्वना हुने समूहलाई रु. ५ हजार पुरस्कार वितरण गरिएको ज्योति जागृती आमा समूहकी कोषाध्यक्ष मीना पाण्डेयले बताइन् ।
प्रतियोगितामा कुल ११ जना महिला समूहको सहभागीता रहेको पाण्डेयले जानकारी दिइन् । प्रतियोगितामा चन्द्र अधिकारी, विष्णु ठडराई र राजेश खनाल निर्णायक रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कृष्ण प्रसाद पौडेलले तीज पर्वको आफ्नै महत्व रहेको बताए ।
आमा समूहकी अध्यक्ष सीता न्यौपाने तिवारीको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरीको प्रमुख आतिथ्यता, आमा समूहकी उपाध्यक्ष थुमिसरा रानाको स्वागत तथा सचिव प्रतिमा चापागाई र दीपा न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij