
बिहिवार , भाद्र २१, २०८०
बुटवल, २१ भदौ ।
पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भदौ २१ गते बिहीबार (आज) बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बसभाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को बैठकले नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा तानसेनमा प्रदर्शन गरिने भगवती जात्राका अवसरमा ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.बाट सञ्चालित यात्रुबाहक बसमा बसपार्कस्थित काउ(टर र अन्य बुकिङ्ग काउन्टरबाट टिकट काटेमा मात्र सो सुविधा प्राप्त हुने जनाइएको छ ।
बुटवलदेखि सिधा तानसेन र तानसेनदेखि सिधा बुटवल आउने जाने दुवैतर्फबाट यात्रुहरुका लागि सो सुविधा प्राप्त हुने प्रा.लि.द्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
सन.१८७१ देखि १८७३ सम्म बुटवलको जीतगढीमा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बहादुरी र चतुराईंपुर्वक प्रतिकार गर्दै ब्रिटिश सेनामाथि विजय हासिल गरेको थियो । सो युद्ध र विजय हासिल गरेको दिनको सम्झनामा तानसेनमा प्रदर्शन गरिने रणउजेश्वरी भगवती रथयात्राको सम्मान स्वरुप बस भाडामा ५० प्रतिशत छुट दिइएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले जनाएको छ ।
प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालद्वारा प्रकाशित सूचना अनुसार बुटवलबाट पाल्पाको तानसेन जाने र तानसेनबाट बुटवल आउने यात्रुले बसपार्कस्थित टिकट काउण्टरबाट टिकट काटेमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । बसपार्कस्थित काउण्टरबाट टिकट नकाट्ने यात्रुले भने सो सुविधा प्राप्त गर्न नसक्ने जानकारी गराउँदै प्रबन्धक भुसालले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले सो निर्णय गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij