२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

लुम्बिनी प्रदेशसभाको बैठक बिहीबार बस्दै, प्रदेश निजामती ऐन अगाडि बढाइने

बुधवार , भाद्र २०, २०८०

रुपन्देही, २० भदौ ।

लुम्बिनी प्रदेशसभाको बैठक बिहीबार (भोलि) बस्दैछ । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो । प्रदेशसभाले सूचना जारी गर्दै बिहीबार १२ बजे बैठक बस्ने जनाएको हो ।

प्रदेशसभाको बैठकमा सरकारले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ अगाडि बढाउने तयारी गरेको छ । 

बैठकको कार्यसूचीमा प्रदेश मामिला तथा कानून समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले उक्त विधेयकको विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने रहेको छ ।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो । बिहीबारको बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेरसम्बन्धी जानकारी, प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराउने र शून्य समयमा सांसद्हरुले बोल्ने कार्यक्रम रहेको छ ।