२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

लायन्स भलवारी सिटीद्वारा तीज विशेष कार्यक्रम

सोमवार , भाद्र १८, २०८०

तिलोत्तमा, १८ भदौ ।
लायन्स क्लब अफ भलवारी सिटीले भैरहवामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । माउण्ट एभरेष्ट कत्था मिलको मुख्य प्रायोजन रहेकोे कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर लायन बालाराम भट्टराईले क्लबले दिनानुदिन प्रगति हासिल गर्दै गएको भन्दै प्रशंसा गरे । उनले समाजसेवामा विशेष योगदानसँगै आपसी भातृत्व र समाज रुपान्तरणका लागि लायन्स क्लब अफ भलवारी सिटीले गरेका हरेक काम सम्झन लायक रहेको बताए ।

त्यस्तै माउण्ट एभरेष्ट कत्था मिलका सञ्चालक वसन्त रोक्काले भलवारी सिटीले आयोजना गरेको कार्यक्रममा सहयोगी संस्थाको रुपमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि समाज रुपान्तरणमा क्लबसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताए ।

सो अवसरमा बोल्दै क्लबका अध्यक्ष दुर्गा खाम्चा थापाले कार्यक्रमबाट संकलित रकम आगामी कार्तिकमा आयोजना गरिने वृहत स्वास्थ्य शिविर संचालनमा खर्च गरिने जानकारी दिइन् ।

दुईसय भन्दा बढीको सहभागीता रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै क्लबले अब स्वास्थ्य शिविरसहित खाद्यान्न वितरण कार्यक्रम गर्ने क्लबका संस्थापक अध्यक्ष श्रवन खाम्चाले बताए । कार्यक्रम संयोजक रविन जोशीले स्वागत तथा रितु ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।