
सोमवार , भाद्र १८, २०८०
भैरहवा, १८ भदौ ।
माइती नेपाल रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको समन्वय र सहकार्यमा मानव बेचविखनविरुद्ध अभिमुखीकरण कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ ।
मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवसको अवसरमा भएको कार्यक्रममा श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय कक्षा ८ र ९ मा अध्ययनरत ८७ जना विद्यार्थी र बाल बहिरा माविमा अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा मानव बेचविखन भनेको के हो, बेचविखनका कारणहरु के के हुन्, बेचविखन नियन्त्रणका लागि भएका प्रयासहरु र बेचविखन नियन्त्रणका लागि भएका चुनौतीहरुमा विद्यार्थीहरुको भूमिकाका बारेमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा कानूनी व्यवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि ईश्वरी केसीले प्रष्ट पारेकी थिए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा अधिकृत जानह्वी पाण्डे लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij