२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

भैरहवामा वृहत रक्तदान कार्यक्रम, १७६ युनिट रगत संकलन

आइतवार , भाद्र १७, २०८०

भैरहवा, १७ भदौ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ अन्तर्गत क्लबहरुको संयुक्त आयोजनामा शनिबार भैरहवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ भैरहवा र लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको संयोजन तथा लायन्स सिद्धार्थनगर, लायन्स सिद्धार्थनगर मिडटाउन कोटिहवा, लायन्स सिद्धार्थनगर प्रोफेसनल, लायन्स सिद्धार्थनगर युथ, लायन्स भलवारी, तिलोत्तमा रक्तदाता समाज परिवार रुपन्देही, लायन्स सिद्धार्थनगर लोटस, लायन्स भलवारी सिटी, लायन्स सिद्धार्थनगर गौतमबुद्ध, लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ, लायन्स सिद्धार्थनगर नोबल लेडिज र लायन्स भैरहवा लिगेसीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्यालले बताए ।

सिद्धार्थनगर नगरपालिका–३ स्थित निर्माणाधिन ब्लड बैंक भवन परिसरमा आयोजित कार्यक्रममा १७६ युनिट रगत संकलन भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक) ले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले रक्तदान जीवनदान भएको बताए । उनले लायन्स क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले ब्लड बैंक भवन निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्न आग्रह गरे । उनले आफ्नो पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपाने, प्रथम भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, डिष्ट्रिक सेक्रेटरी विनोद खरेल, लायन्स अगुवाहरु सन्दिप कसौधन, अरुण गोयनकालगायतले बोलेका थिए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल लायन्स क्लब अफ भैरहवाका अध्यक्ष अर्जुन न्यौपानेको स्वागत, लायन्स सिद्धार्थनगर नोबल लेडिजकी लक्ष्मी अधिकारीको ध्वजा अभिवादन तथा एरिया–५ का सचिव विनय कसौधनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।