
आइतवार , भाद्र १७, २०८०
रुपन्देही, १७ भदौ ।
फ्रीडम गाइज, बुटवलका सदस्य स्वर्गीय अपुर्व श्रेष्ठको स्मृतिमा बुटवलमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल उपमहानगरपालिका–७ स्थित हिलपार्क परिसरमा नेपाल नियमित रक्तदाता संघ केन्द्रीय समितिको आयोजना तथा गार्गी एकेडेमी बुटवल, गणेश बहादुर जिसी, भगवता पौड्यालको सह–प्रायोजन साथै विभिन्न तथा संघ–संस्थाहरुको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
नेपाल रक्त सञ्चार सेवा केन्द्र बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा १२८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक रुपेन्द्र अधिकारीले जानकारी दिए ।
नेपाल नियमित रक्तदाता संघको केन्द्रीय अध्यक्ष दया सिलवालको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्बर की वडासदस्य राधा देवि पौड्यालको प्रमुख आतिथ्यता, समाजसेवी मृगेन्द्र शेरचन, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनिज गौचन, संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, हिलपार्क परिषदका महासचिव टंक पराजुली, क्लबका संयोजक प्रकाश क्षेत्री, स्व. क्षेत्रीका आमा दिलु क्षेत्री लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, संघको रुपन्देही शाखाका अध्यक्ष अशेष सिलवाल, क्लबका सचिव पवन राई लगायतले सम्पूर्ण रक्तदाताहरु विशेष धन्यवाद प्रकट गर्दै रक्तदानको महत्वको बारेमा प्रकाश पारेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij