२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा भीम अस्पतालमा वृक्षारोपण

आइतवार , भाद्र १७, २०८०

भैरहवा, १७ भदौ ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले शनिबार भैरहवास्थित भीम अस्पतालमा वृक्षारोपण गरेको छ । क्लबका अध्यक्ष सराजुद्दीन खानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका गभर्नर पीएमजेएफ अर्जुनमान सैजुले क्लबको भूमिका र दायित्वका बारेमा चर्चा गर्दै वृक्षरोपण सही समय र ठाउँमा भएको भन्दै क्लबको प्रशंसा गरे ।

कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पीएमजेएफ बालाराम भट्टराई, कार्यक्रम संयोजक राजु बस्नेत लगायतले बोल्दै लायन्सको सामाजिक उत्तरदायित्वका बारेमा चर्चा गरेका थिए ।

क्लबले अस्पताल परिसरमा विभिन्न जातका विरुवाहरु रोपेको हो । सो अवसरमा क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, निवर्तमान अध्यक्ष गौतम गुप्ता एवं विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । क्लबका सचिव दिक्षा श्रीवास्तवको सञ्चालनमा सम्पन्न भएको थियो ।