
शनिवार , भाद्र १६, २०८०
भैरहवा, १६ भदौ ।
छोरी–बुहारीले होटेल तथा रेष्टुरेण्टमा तीज कार्यक्रममा रमाइलो गर्दैगर्दा अधिकांशका घरमा वृद्ध आमाहरुले तीजको मौलिक अनुभव साटन नपाएको गुनासो आउन थालेको छ । त्यसैले आमाहरुको नेतृत्वमा भएका विभिन्न तीजको पुरानो अनुभव साटनका निम्ति लीडरसिप स्किल्ल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) संघले ‘आमासँग तीज’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
शनिबार भएको तालिममा अध्यक्ष सामाजिक अगुवा सलुजा रामदामले आफ्नो धन्यवाद मन्तव्यमा उक्त कुरा बताएकी छन् ।
तालिमको ८४ औं श्रृंखलाका प्रमुख अतिथि साहित्यकार सर्जक राधा भट्टराईले आफूद्वारा रचित तीजका गीतहरु प्रस्तुत गरेकी थिइन् । भट्टराइ गीतले तालिमको माहोल नै तताएको कार्यक्रम सञ्चालक तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति विष्णुमाया शर्माले बताइन् ।
कार्यक्रममा साहित्यकार सिर्जना खनाल र सञ्चारकर्मी एलिना आचार्य उत्कृष्ट प्रस्तोता भएको कार्यक्रम संयोजक लता पोख्रेलले जानकारी दिइन् ।
भैरहवास्थित एसियन बुद्ध होटलमा सम्पन्न ८४ औं श्रृंखलामा २ समूहले तीजको महत्वबारे छलफल गरेको सहजीकरण सहयोगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले बताए । छलफलले आगामी ८५ औं श्रृंखलामा तालिमका प्रशिक्षार्थीहरुका आमाहरुलाई तालिममा निम्त्याएर आमासँग तिज उत्सव मनाउने कार्यक्रम रहेको कृष्ण दाहालले जानकारी दिइन् ।
८४ औं तालिमको प्रायोजन सीता भण्डारी र लता पोखरेलले गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुले विभिन्न ढंगले योगदान गर्दै आएको तालिमका व्यवस्थापन सहयोगी कृष्ण साहले बताए ।
तालिमको मुख्य प्रस्तोता तथा प्रशिक्षक विजय पाण्डेले गत २ वर्षदेखि तालिमलाई सञ्चालन गर्दै आएका छन् । पाण्डे लुम्बिनी प्रेस क्लब, रुपन्देहीका आजीवन सदस्य समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij