२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

७ बुँदे माग राख्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले बुझायो ज्ञापनपत्र

शनिवार , भाद्र १६, २०८०

भैरहवा, १६ भदौ ।
विभिन्न ७ बुँदे माग राख्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेललाई ज्ञापनपत्र बुझाइएको सञ्जालका सचिव सचिन रोक्काले बताए ।

भन्सार क्षेत्रभित्र पर्ने ट्राफिक बीट हटाइ भन्सार क्षेत्र बाहिर राख्नुपर्ने, जरिवानाको रकम त्यही नै भुक्तान गर्नुपर्ने व्यवस्था हुनुपर्ने, सिद्धार्थ राजमार्ग अन्तर्गत बेलहियादेखि बुटवलसम्मको ६ लेन सडक तत्काल निर्माणसम्पन्न हुनुपर्ने, भन्सार कार्यालयमा पैठारीकर्ताले घोषणा गरेको बिजक मूल्यलाई मान्यता दिनुपर्ने र चौरी पैठारी पूर्ण रुपमा नियन्त्रणमा गर्नुपर्ने सञ्जालको माग छ ।

त्यस्तै सीमानामा बिहान ६ बजेदेखि बेलुका १२ बजेसम्म पर्यटक दुवैतर्फ आवातजावत गर्ने व्यवस्था मिलाउनुका साथै पर्यटकलाई एकद्वार प्रणाली ( सिस्टम) बाट सुविधा दिनुपर्ने, भारतीय पर्यटकले एकपटकमा खर्च गर्ने नगद रु. २५ हजार भारु अत्यन्तै न्यून भएको समयसापेक्ष बढाउनुपर्ने र रात्रीकालिन व्यवसाय पूर्ण रुपमा सुरक्षित भएको सबैमा अनुभुति गर्नुपर्ने माग राखिएको रहेको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

सञ्जालले उठाएका मागहरु पूरा नभए बाध्य भइ संघर्षका कार्यक्रम राखिने महासचिव संजय बजिमयले बताए ।