
शनिवार , भाद्र १६, २०८०
तिलोत्तमा, १६ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ४ नं चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रास्वपाका लुम्बिनी प्रदेश इचार्ज गणेश पौडल, उपसभापति शालिकराम घिमिरे, रुपन्देही जिल्ला संयोजक डा. बुद्धि प्रसाद शर्मा, लुम्बिनी प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर) लगायतको उपस्थिति रहको कार्यक्रममा १ सय जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको सञ्चालन रास्वपा रुपन्देही क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मोहन विक्रम जि.सी.ले गरेका थिए ।
कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्रले सम्मान गरिएको कार्यक्रम संयोजक एवं रास्वपा लुम्बिनी लुम्बिनी प्रदेश सदस्य क्षेत्र नम्बर १ सदस्य प्रेम बहादुर खत्रीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij