
बिहिवार , भाद्र १४, २०८०
चितवन, १४ भदौ ।
नेपाल सितोरियो कराँते संघ चितवनको अध्यक्षमा मोहनबहादुर विष्ट चयन भएका छन् । चितवनका ६ पालिकाका अध्यक्ष र ४२ प्रतिनिधि तथा सितोरियो कराँतेका सिनियर गुरु तथा खेलाडी सहभागी भएको अधिवेशनले विष्टलाई अध्यक्षमा चयन गरेको हो ।
बिहीबार भरतपुरमा भएको संघको प्रथम अधिवेशनले उपाध्यक्षमा रुद्रबहादुर गुरुङ, सचिवमा सुदन दराई र कोषाध्यक्षमा दीपा थापा मगरलाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरुमा बुद्घिमान सेन्चुरी, राम विक्रम चौधरी, अनिल उपरकोटी, धनबहादुर गुरुङ, लक्ष्मण विक्रम चौधरी, अजय महतो, फुरबहादुर तामाङ, डिलाराम कँडेल, दीपेन्द्र श्रेष्ठ, सुरज सुनार र सुस्मिता मोक्तान निर्वाचित भएका छन् ।
नेपाल सितोरियो कराँते संघका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरूङ, कार्यालय प्रमुख रामजी ढकाल, भरतपुर महानगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठ, चितवन सितोरियो कराँतेका संस्थापक गुरूहरू सुधीर श्रेष्ठ, अमर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का कराँते प्रशिक्षक टार्जन श्रेष्ठले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष विष्टले जिल्लामा सितेरियो कराँतेको श्रीवृद्धि र खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आफूले सक्दो काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij