२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

चाडपर्वले सामाजिक सद्भाव र एकता अभिवृद्धि गरेको छ : गृहमन्त्री पाण्डेय

बिहिवार , भाद्र १४, २०८०

भैरहवा, १४ भदौ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधयुक्त हाम्रो समाजमा मनाइने चाडपर्वहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व रहेको बताएका छन् ।

हिन्दू धर्मावलम्बीहरुको पर्व जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा शुभकामना व्यक्त गर्दै गृहमन्त्री पाण्डेयले यो पर्वले हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गरेको बताए ।

‘जनैपूर्णिमाका दिन समुदाय अनुसार दिदीबहिनीहरुको हातबाट दाजुभाइहरुले रक्षाबन्धन बाँध्ने, नयाँ जनै लगाउने, मान्यजनहरुको हातबाट रक्षाबन्धन बाँध्ने लगायतका कार्यहरु गरी मनाइने गरिन्छ । जनैपूर्णिमा हाम्रो साँस्कृतिक सम्पदा हो, ’ शुभकामना सन्देशमा उल्लेख छ ।