२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

पाल्पामा गुडिरहेको जीपमा पहिरो खस्दा तीन जनाको मृत्यु

बुधवार , भाद्र १३, २०८०

पाल्पा, १३ भदौ । 
पाल्पाको रिब्दीकोटमा गुडिरहेको जीपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जीपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । सो घटनामा परी पाँचजना घाइते भएका छन् । 

रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भईरहेको थियो, सोही सडकखण्डमा माथिबाट झरेको ढुंगा जीपमा लागेको थियो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।