२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

जनउत्थानको वार्षिक प्रगति समीक्षा बैठक

बुधवार , भाद्र १३, २०८०

भैरहवा, १३ भदौ ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीको पहुँच सेवा केन्द्र स्तरीय वार्षिक प्रगति समीक्षा बैठक मंगलबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा ७६ जना टोल प्रमुखहरु त्था विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए ।

बैठक सेवा केन्द्र संयोजक शान्ति अधिकारीको अध्यक्षता, सञ्चालक कोषाध्यक्ष विष्णुमाया कुँवरको स्वागत तथा उपसमिति सदस्य कला गुरुङको सञ्चालनमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष ज्ञानु पौडयाल, सचिव सरु रानाको पनि उपस्थिति थियो । बैठकमा सहकारीका शेयर सदस्य, टोल प्रमुखहरुलगायतले बोलेका थिए ।