
सोमवार , भाद्र ११, २०८०
उदयपुर, ११ भदौ । झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् ।
तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो । उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij