
आइतवार , भाद्र १०, २०८०
जनकपुरधाम, १० भदौ ।
नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्व नरहेको बताएका छन् । जनकपुरधामको श्री महाविर युवा कमिटीको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा सपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै निधिले संघीयताको संरक्षणका लागि शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरे ।
नेता निधिले एक समय मधेश माने कांग्रेस र कांग्रेस माने मधेश बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेकोसमेत औल्याए ।
जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधिहरु हुनुपर्ने बताउँदै उनले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजी गरी सम्मान गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij