२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

शनिवार , भाद्र ९, २०८०

तिलोत्तमा, ९ भदौ ।
रोटरी क्लब अफ मणिग्राम, रोटरी क्लब अफ भैरहवा र कालिका दिदी बहिनी आमा समूहको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित श्री पञ्चायन गीता मन्दिरमा मेन्टल हेल्थ एण्ड वेलविङ (मानसिक स्वास्थ्य) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय महिला तथा सर्वसाधारणलाई मानसिक स्वास्थ्यबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा रोटरी क्लब अफ भैरहवाका अध्यक्ष उमेशचन्द्र आचार्य, रन्जु शर्मा र माला प्रधानले मानसिक स्वास्थ्य समस्या र समाधानका उपायका बारेमा प्रशिक्षण दिएका थिए ।

रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष निर्मल बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै रोटरी रिजन ५ का को चेयर धु्रवकुमार धितालले पछिल्ला दिनहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रमुख रुपमा देखा परेको हुँदा यसको निदानका लागि सबै क्षेत्रबाट पहल गर्न र जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा आमा समुहकी अध्यक्ष सविता न्यौपाने धितालले कार्यक्रम निकै प्रभावकारी भएको उल्लेख गरिन् । सो अवसरमा रोटरी क्लब अफ मणिग्रामका सागर पाठक, आमा समूहकी सचिव पम्फा भण्डारीलगायतले पनि बोलेका थिए । कार्यक्रममा ९० जनाको सहभागीता रहेको आयोजकले जनाएका छन् ।