
शनिवार , भाद्र ९, २०८०
रुपन्देही, ९ भदौ ।
नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेका छन् ।
रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिष्कार गरेका हुन ।
प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागी हुनुभएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिष्कार गरेका हुन ।
नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिष्कार गरेर निस्किएको मुख्यमन्त्री चौधरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij