२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

मर्चवारी–२ मा निःशुल्क आँखा जाँच शिविर

शनिवार , भाद्र ९, २०८०

भैरहवा, ९ भदौ ।

रुपन्देहीको मर्चवारी गाउँपालिका–२ स्थित अमुवामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । आँखा उपचार केन्द्र मर्चवारी–२ को आयोजना, मर्चवार गाउँपालिकाको सहकार्य र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा मर्चवारी आँखा उपचार केन्द्रमा शुक्रबार एकदिन आँखा शिविर सम्पन्न भएको हो । 

शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये १५० जनामा मोतियाबिन्दु र २५ जनामा उच्च रक्तचाप र मधुमेहसमेत रहेकोले बिरामीहरुलाई मोतियाबिन्दुको शल्यक्रियाको लागि लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।

शिविरमा वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीसहितको १५ जनाको टोलीले आँखा परीक्षण गरेको थियो ।

368437314_197639769986623_6978361520828702219_n.jpg