
बिहिवार , भाद्र ७, २०८०
तिलोत्तमा, ७ भदौ ।
रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा सन्तोष न्यौपाने चयन भएका छन् । वर्ष २०२२/२३ का अध्यक्ष अनिकुमार अर्यालले २०२३/२४ का अध्यक्ष सन्तोष न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । क्लबको १२ औं पद हस्तान्तरण तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अर्यालले वर्षभरी गरेका कार्यप्रगति एवं सामाजिक कामबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पदभार ग्रहण गर्दै वर्ष अध्यक्ष न्यौपानेले निवर्तमान अध्यक्षले अगाडि सारेका नयाँ योजनालाई निरन्तरता दिदै यो वर्ष केही नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै फिजिसियन डा. नन्दु प्रसाद पाठकले रोट्रयाक्ट क्लबहरुले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए । रोट्रक्याट क्लबहरुले गरीब, दुःखी, असहायहरुको क्षेत्रमा सक्दो सहयोग गदै आएको उनले बताए । रोट्रयाक्ट क्लब अफ रुपन्देहीले विगतदेखि सामाजिक क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह पनि गरे ।
रोट्रयाक्ट डिष्ट्रिकका डीआरआर इलेक्ट विक्रम क्षेत्रीले रोट्रयाक्ट रुपन्देहीले समाजमा आफनो छुट्टै पहिचान बोकेको क्लब भएको बताए । यो क्लबले विगत १२ वर्षदेखि नै विभिन्न सामाजिक कार्यहरु गदै आइरहेको उनले उल्लेख गरे । रोट्रयाक्टमा आबद्ध भएर धेरै कुरा सिक्न पाइन्छ र रोट्रयाक्टलाई सधैं माया गर्नुहोला भन्दै उनले मेम्बरहरुलाई हौसला प्रदान गरे । रोटरी क्लबसँग सधैं हातेमालो गरेर अगाडी बढ्नुहोला भन्दै क्लबबाट धेरै नयाँ कुरा सिक्न पाइन्छ भन्ने कुरा बताए । क्लबलाई डिष्ट्रिक्टको तर्फबाट सधै साथ र सहयोग रहने उनले बताए ।
स्पोन्सर क्लब रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष हरि लम्सालले रोट्रयाक्ट क्लब अफ रुपन्देहीसँग वर्षभरी नै गर्ने विभिन्न कार्यक्रमहरुमा सहकार्य गरेर अगाडि बढने र क्लबको तर्फबाट सधै साथ र सहयोग रहने बताए ।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष प्रकाश गौतमले आफुले स्थापना गरेको क्लबले गर्दै आएको सामाजिक कार्यप्रति खुसी व्यक्त गदै आगामी दिनमा पनि क्लबले यस्तै थुप्रै कार्यकम गर्दै समाजमा छुटै पहिचान गराउन सफल रहने बताए ।
कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन २० का जेडआरआर माधब पराजुली, पूर्वअध्यक्ष हरि पन्थलगायतले शुभकामना व्यक्त गरेका थिए ।
तिलोत्तमा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रे, रोट्रयाक्ट रुपन्देहीका पूर्वअध्यक्ष, रोटरी रुपन्देहीका पूर्वअध्यक्ष, बोर्ड मेम्बर, मेम्बर रोट्रयाक्टर, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक शालु पंगेनीको स्वागत, वर्ष २२/२३ का सचिव मिलन पंगेनी र वर्ष २३/२४ का सचिव भीम न्यौपानेको सञ्चालन र उपाध्यक्ष राम प्रकाश पाण्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij