images

शुक्रवार, बैशाख २१ गते २०८१

पर्यटनमन्त्री किराँतीलाई पितृशोक, उपाध्यक्ष लामाद्वारा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त

पर्यटनमन्त्री किराँतीलाई पितृशोक, उपाध्यक्ष लामाद्वारा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त

images
images
images
बुधवार, भाद्र ६ २०८०
बुधवार, भाद्र ६ २०८०
  • पर्यटनमन्त्री किराँतीलाई पितृशोक, उपाध्यक्ष लामाद्वारा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त

    लुम्बिनी, ६ भदौ ।
    लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पिताको शोकमा लुम्बिनीमा दीप प्रज्जवलन गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । 

    images
    images
    images

    कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा  १०८ दिप प्रज्वलन गरी मृतक बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । मन्त्री किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो ।

    साथै डा.लामाले शोक वक्तव्य जारी गर्दै  आदरणीय बुवा राइको असामयिक निधनप्रति आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । ‘यस दुःखद घडीमा सम्पूर्ण लुम्बिनी परिवार र उहाँको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौं’, शोक वक्तव्यमा भनिएको छ ।

    त्यस्तै कोषका सदस्य सचिव सानुराजा शाक्यले पनि कोषका अध्यक्ष मन्त्री किराँतीको पिताको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij