
बुधवार , भाद्र ६, २०८०
भैरहवा, ६ भदौ ।
साई ग्लोबल माध्यमिक विद्यालय तथा कलेज सिद्धार्थनगर-८, रुपन्देहीले २०८० सालको राष्ट्रिय बोर्ड परीक्षामा विद्यालयबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको छ ।
बुधबार भैरहवामा आयोजित एक समारोहमा १२ कक्षा उत्र्तीण गरेका सिद्धार्थ नगरकै उत्कृष्ट विद्यार्थी विपाशा बस्यालसहित १० जनालाई पुरस्कृत र अन्य सम्पूर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।
विद्यालयका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले सिद्धार्थनगरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै साई ग्लोबल एकेडेमीलाई धन्यवाद दिदै शैक्षिक गुणस्तर कायम गर्न सबै विद्यालयहरुले ध्यान दिनुपर्नेमा जोड दिए । १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई उपाध्यक्ष पन्थीले बधाई ज्ञापन गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले साई ग्लोबल मावि सिद्धार्थनगरको राम्रो शैक्षिक संस्था बन्दै गएकोमा खुशी व्यक्त गर्दै अझै स्तरीय बन्न सुझाव दिए । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उच्च शिक्षाका लागि भैरहवा क्षेत्रमा सञ्चालित विद्यालयहरु अब्बल रहेको बताए ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष महेश भुर्तेल, सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, प्राचार्य कौशलराज गौतम, उत्कृष्ट विद्यार्थी विपाशा बस्याल, कलेजका कोअर्डिनेटर लक्ष्मण ज्ञवाली, दिपक लामिछानेलगायतले पनि बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij