
बुधवार , भाद्र ६, २०८०
तिलोत्तमा, ६ भदौ ।
रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ५ को आयोजनामा डिष्ट्रिक गभर्नरको एक वर्षमा एक लाख वृक्षारोपण गर्ने अभियान अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित पश्चिम पहुनीमा मंलगबार वृक्षारोपण गरिएको छ ।
रिजन ६ का संयोजक धु्रवकुमार धितालको अध्यक्षता तथा असिस्टेण्ट गभर्नर हिराबहादुर शाहको प्रमुख आतिथ्यता तथा अन्य असिस्टेण्ट गभर्नरहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो । सो अवसरमा आँप, अमला, टिक, साज लगायतका १ हजार ६ सय विरुवा रोपिएको थियो ।रिजन ५ अन्तर्गतका रोटरी तथा रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij