images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष डा. लामा

लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष डा. लामा

images
images
images
बुधवार, भाद्र ६ २०८०
बुधवार, भाद्र ६ २०८०
  • लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष डा. लामा

    भैरहवा, ६ भदौ ।
    संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनीको विकासको निम्ति आफू लुम्बिनी आएको बताएका छन् ।

    images
    images
    images

    लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा पूर्व राज्यमन्त्री समेत रहेका उपाध्यष डा. लामाले आफू लुम्बिनीको विकास गर्ने गरी आएको बताए । विश्वभरका सवा अर्ब बौद्धमार्गीहरूको सबैभन्दा ठूला पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आर्कषणको केन्द्रको रुपमा रहेको भन्दै यसको विकास र संरक्षण गर्नु आफ्नो मूल दायित्व रहेको बताए ।

    उपाध्यक्ष डा.लामाले लुम्बिनीमा रहेको बत्तीको समस्या, भित्र सडक मार्ग र भ्रमण गर्ने महत्वपूर्ण स्थानहरुमा शौचालयको व्यवस्था र वस्तुभाउ लुम्बिनी परिसरभित्र आएर फोहोर गरेको समस्या भएकाले तत्काल उक्त समस्याहरुको हल गर्नेसमेत प्रतिवद्वता व्यक्त गरे । 

    कार्यक्रममा लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका अध्यक्ष मैत्री महास्थविर, सचिव भिक्षु सिरी वजिरले समग्र विहार तथा गुम्बाहरुको समस्याबारे ध्यानाकर्षण गराए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij