२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

लियो भलवारी सिटीद्वारा रुरु गौसेवा आश्रममा अक्षयकोष स्थापना 

आइतवार , भाद्र ३, २०८०

भैरहवा, ३ भदौ ।
लियो क्लब अफ भलवारी सिटीले पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ कुसेनी, रुरुधामस्थित रुरू गौसेवा आश्रममा अक्षयकोष स्थापना तथा वृक्षारोपण कार्यक्रम गरेको छ । समाजसेवी तथा उद्योगी वसन्त क्षेत्री रोक्काको आर्थिक सहयोगमा शनिबार लियो क्लब अफ भलवारी सिटीले गौसेवाको अक्षयकोष स्थापनाको लागि रु.१ लाख प्रदान गरिएको क्लबका अध्यक्ष नितेश जैसवालले बताए ।

लियो क्लब अफ भलवारी सिटीका अध्यक्ष लियो नितेश जैसवालको अध्यक्षता, समाजसेवी, एवं माउन्ट एभरेष्ट कत्था उद्योगका सञ्चालक वसन्त रोक्का क्षेत्रीको प्रमुख आतिथ्यता, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जी.एम., गुल्मी जिल्ला वन विभागका प्रमुख जीवन पंगेनी, लियो क्लब अफ भलवारी सिटीका निवर्तमान अध्यक्ष मधु भण्डारीको आतिथ्यता भएको कार्यक्रममा रूरु गौसेवा आश्रमका प्रमुख संरक्षक शिवशंकर गिरी, अध्यक्ष सीता ज्ञवाली, सचिव गैलक्या न्यौपानेलगायत सम्पूर्ण गौसेवा आश्रमका पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको क्लबका सचिव गोविन्द पाण्डेले बताए ।

कार्यक्रममा गाईको महत्वबारे र गौमाताको हिन्दू धर्मसँगको सम्बन्धलाई प्रष्ट पार्दै आफ्नो गौमाताप्रतिको योगदानहरु आश्रमका संरक्षक शिवशंकर गिरीले बताए ।

369166584_658297859596927_40697358574241094_n.jpg

त्यस्तै समाजसेवी वसन्त रोक्का क्षेत्रीले आगामी दिनमा पनि गौमाताको सुरक्षा र संरक्षणको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसै गरी तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जी.एम.ले रूरू गौसेवा आश्रमको अक्षयकोष स्थापनाको लागि आगामी दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको लियो क्लब अफ भलवारी सिटीका तृतीय उपाध्यक्ष सुरज क्षेत्रीले बताए ।