images

शुक्रवार, बैशाख २१ गते २०८१

नेपाल कमर्शियल आर्टिष्ट संघद्वारा लुम्बिनी गेट परिसरमा पुष्परोपण

नेपाल कमर्शियल आर्टिष्ट संघद्वारा लुम्बिनी गेट परिसरमा पुष्परोपण

images
images
images
आइतवार, भाद्र ३ २०८०
आइतवार, भाद्र ३ २०८०
  • नेपाल कमर्शियल आर्टिष्ट संघद्वारा लुम्बिनी गेट परिसरमा पुष्परोपण

    भैरहवा, ३ भदौ ।
    नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवास्थित लुम्बिनीगेट परिसरमा पुष्परोपण गरेको छ । सिद्धार्थनगरको हरियाली प्रवर्द्धन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले शनिबार सिद्धार्थनगर नगरपालिका–८ स्थित लुम्बिनी गेट परिसरमा पुष्परोपण गरिएको संघका अध्यक्ष उज्जवल कुमार दे कायस्थले बताए ।

    images
    images
    images

    विभिन्न उन्नत जात एवं बाह्रमासे फुल्ने फूलहरु रोप्ने कार्य (पुष्पारोपण) गरिएको कार्यक्रम संयोजक तथा नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका कोषाध्यक्ष बिशन गुरुङले बताए । उनले रोपिएको विरुवाहरुको संरक्षणम पनि ध्यान दिने बताए ।

    कार्यक्रमको उद्घाटन गदैै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नेपाल कमर्शियल आर्टिष्ट संघसँग नगरपालिका सहकार्य गर्न तयार रहेको बताइन् । उनले सिद्धार्थनगर नगरपालिकालाई ग्रीज र क्लिन सिटी बनाउने अभियानमा कमर्शियल आर्टिष्ट संघले गरेको कार्यक्रमले सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘सिद्धार्थनगर नगरपालिकाबाट आवश्यक सहयोग हुनेछ । विभिन्न कार्यक्रममा कमर्शियल आर्टिष्ट संघसँग सहकार्य गरी मायाको चिनो वितरण गर्नुपर्छ । यसको प्रचारप्रसार आवश्यक छ ।’

    त्यस्तै भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले बुद्ध जन्मस्थल लुम्बिनी जाने बाटोमा गेट बनाउनुपर्छ भन्ने उद्देश्यले भैरहवामा लुम्बिनी गेटको निर्माण भएको बताए । उनले सिद्धार्थनगरलाई हरियाली बनाउने अभियानमा नेपाल कमर्शियल आर्टिष्ट संघको कार्यक्रमले सहयोग पुग्ने बताए ।

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले लुम्बिनी गेट यस क्षेत्रको पहिचान भएको बताइन् । उनले रोपिएको फूलका विरुवाको संरक्षणमा ध्यान दिन आग्रह गरिन् । विकासका लागि जनसहभागीता आवश्यक रहेको उनको भनाइ छ ।

    IMG_5628.JPG

    नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीका अध्यक्ष उज्जवल कुमार दे कायस्थले आफूहरु राज्यबाट उपेक्षित भएको गुनासो गरे । उनले भने, ‘व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ । स्थानीय सरकारले अनावश्यक करको मारमा पार्नुहुँदैन ।’

    कार्यक्रम संयोजक विशन गुरुङको स्वागत तथा राजन चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij