images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनीका फोटोग्राफरहरुले तिनाउमा पर्यटकीय सम्भावना खोज्दै मनाए दिवस 

लुम्बिनीका फोटोग्राफरहरुले तिनाउमा पर्यटकीय सम्भावना खोज्दै मनाए दिवस 

images
images
images
आइतवार, भाद्र ३ २०८०
आइतवार, भाद्र ३ २०८०
  • लुम्बिनीका फोटोग्राफरहरुले तिनाउमा पर्यटकीय सम्भावना खोज्दै मनाए दिवस 

    बुटवल, ३ भदौ । 
    पाल्पाको तिनाउ गाउँपालिकाभित्र भएका पर्यटकीय सम्भावनाहरुको खोजी र पहिचानसहित लुम्बिनीका फोटोग्राफरहरुले विश्व फोटो ग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटोग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ–३ स्थित सिद्धबाबा मन्दिरमा औपचारिक कार्यक्रम गरी भुत खोलादेखि बसन्तपुर डाँडासम्म ‘पर्यटन प्रवर्द्धनका लागि फोटो ग्राफी यात्रा’ सम्पन्न भएको हो । 

    images
    images
    images

    यात्राका क्रममा तिनाउलाई पहिचान दिलाउन सक्ने तथा पर्यटकीय सम्भावना बोकेका विषय, वस्तुलाई उतार्न सक्ने गरी फोटोग्राफीको प्रतिष्पर्धा समेत भएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत विभिन्न ठाउँबाट सहभागी ६५ जना फोटोग्राफरहरुले तिनाउ चिनाउने फोटो प्रतियोगितामा सहभागी हुँदै पैदलयात्रा गरेका थिए । पाल्पाको सिद्धबाबा समितिको स्वागतसँगै पैदलयात्राको औपचारिक घोषणा गरिएको थियो । 

    पैदलयात्रा गर्दै बसन्तपुर डाँडामा पुगेका फोटोग्राफरहरुलाई स्वागत गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ चिनाउने कुनै पनि सकारात्मक कार्यमा गाउँपालिका सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटकीय सम्भावनाले भरिएको तिनाउमा प्रयाप्त प्रचारप्रसार तथा प्रयाप्त बजेको अभावमा पनि ओझेल परेको उनले गुनासो गरे । गाउँपालिकाको सीमित साधनस्रोतले ती स्थानहरुको विकासमा लगानी प्रयाप्त नभएको उल्लेख गर्दै श्रेष्ठले संघ र प्रदेश सरकारको चासो कम भएको समेत गुनासो गरे । व्यक्ति र राजनीतिक पार्टीको प्रभावमा परेर बजेटको बाँडफाड तथा योजना छनोट गर्ने गरिएको आरोप लगाउँदै उनले विधि र प्रक्रियाअनुसार विकास योजना अघि बढाउनुपर्नेमा जोड दिए । 

    तिनाउमा प्रशस्तै पर्यटकीय र ऐतिहासिक थलो भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले ती क्षेत्रहरुको विकासका लागि गाउँपालिका निजी क्षेत्रहरुसँग सहकार्य गर्नसमेत तयार रहेको उल्लेख गरे । त्यसै गरी गाउँपालिकामा निजी क्षेत्रबाट हुने कुनै पनि ठूला लगानीका लागि आवश्यक सहजीकरण तथा संरक्षकत्वको भूमिकामा तयार रहेको उल्लेख गरे । बसन्तपुरलाई चिनाउने गरी सञ्चालनमा आएको लुम्बिनी केवलकार तथा छिट्टै नुवाकोटमा सञ्चालन हुन लागेको केवलकारले यहाँको पहिचानसहित पर्यटन विकामा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे । 

    कार्यक्रममा बोल्दै तिनाउ–३ का वडा अध्यक्ष चित्रबहादुर थापा, वडा सदस्य टंक बस्याल, लुम्बिनी केवलकारका प्रोजेक्ट इञ्जिनियर शनि चौरसियाले पैदलयात्रामा बसन्तपुरलाई धनोट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । 

    त्यसैगरी फोटोग्राफर संघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद चापागाईले शब्द र वाक्यहरुले व्याख्या गर्न नसकेका लाखौं भाव र सन्देशलाई एउटा फोटोमा उतार्न सकिने बताउँदै तिनाउ पर्यटकीय सम्भावनाले बोकेको क्षेत्र भएकाले पनि छनोट गरिएको उल्लेख गरे । यहाँ लुकेर रहेका विषयवस्तुलाई फोटोको माध्यममा उतारेर विश्वसामु परिचत गराउन सक्यौं भने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने उनले बताए । 

    कार्यक्रममा फोटोग्राफर संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराई, केन्द्रीय सदस्यहरु कमला तिवारी, माधव प्रसाद पन्थ, दिनेश अर्याललगायतले बोल्दै यात्राले तिनाउको नयाँ ठाउँबारे जान्ने अवसर समेत प्राप्त भएको उल्लेख गरे । 

    लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिष पन्थले तराईको सबैभन्दा नजिक र वातावरणीय हिसाबले विविधता रहेको तिनाउमा धेरै विषयवस्तु भेट्न सकिने भएकाले पैदलयात्रा र फोटो प्रतियोगितामा भुतखोला–बसन्तपुर यात्रालाई छनोट गरिएको उल्लेख गरे । 

    366346759_1342507529672518_3138139951091438296_n.jpg

    महासचिव माधव प्रसाद पन्तको सञ्चानमा कार्यक्रममा फोटो प्रतियोगिताका संयोजक मोहन महतोले प्रतियोगितामा सहभागीहरुमध्येबाट उत्कृष्ट १० जनोट गरी विजेता घोषणा गरिने बताए । एक सातामा प्रतियोगिहरुबाट फोटो संकलन गरी उत्कृष्टहरुको छनोट गर्ने र त्यसमध्येबाट प्रथम, द्वितीय र तृतीय छनोट गरी पुस्कार वितरण गरिने उल्लेख गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij