२०८२, श्रावण १५ गते

Jul 31 2025 | २०८२, श्रावण १५ गते

‘माइकलाई भुत मानेर डराउनेहरुको लागि भुत धपाउने तालिम पनि रहेछ’

आइतवार , भाद्र ३, २०८०

भैरहवा, ३ भदौ ।
पेशाले गल्ला व्यापारी टंकप्रसाद आचार्य माइकको आगाडी बोल्दा माइकसँग डराउँथे । तर, आज उनलाई डर लाग्दैन । ८२ औं लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) को अध्यक्ष बन्दै उनले माइक अगाडि धाराप्रवाह भने, ‘यो तालिम माइकलाई भुत मानेर डराउनेहरुको लागि भुत धपाउने तालिम पनि रहेछ ।’

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य अभिनव मयुर कसौधनले लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमले चरित्र निर्माणका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

तालिमको प्रारम्भ नियमित योग अभ्यासबाट हुँदै आएको छ । शनिबार भएको तालिममा द आर्ट अफ लिभिङका योगा शिक्षक रेशम पाण्डेले योग ध्यान गराउँदै खुशी जीवन जिउने कलाको बारेमा बताउनुभएको तालिमका सहजकर्ता तथा सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले बताए ।

talim-2.jpg

कार्यक्रम संयोजक तथा व्यवसायी दिनेश गुप्ताले उपस्थितिलाई स्वागत गर्दै पहिलोपटक धेरै मानिसका सामुन्ने माइक अगाडि बोल्न हिम्मत आएकोमा खुशी व्यक्त गरे । उनले भने, यो तालिमले मलाई मञ्च प्रदान गर्यो । गुप्ताले यसमा जोडिन अरुहरुलाई अनुरोधसमेत गरेका छन् ।

कार्यक्रमका अतिथि  विभिन्न उत्प्रेरक कार्यक्रमका आयोजक कृष्ण साहले कुनै पनि कार्यक्रमको आयोजनामा स–साना कुराहरुको महत्व हुने बताए । उनले यो तालिमले कार्यक्रम आयोजनाबारे धेरै सिकाएको अनुभव सुनाए ।

तालिममा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष रवि कुमार श्रेष्ठ , लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्याल, नेपाल  राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रिय अध्यक्ष मनोज अग्रवाल, नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) रामशंकर कोहारलगायतको सहभागीता रहेको थियो ।

सिद्धार्थ लेडी जेसिसकि पुर्व अध्यक्ष अनुपमा पाण्डे, कोषाध्यक्ष  अम्बिका घिमिरे, पुर्ब नेपाल प्रहरीका डी एस पी राम शंकर कोहार लगायतको बृहत  सहभागीता रहेको कार्यक्रम संचालक कृष्ण मरासिनीले जानकारी दिएका छन् І

शनिबार भैरहवास्थित होटल पौवामा आयोजित तालिमलाई ३ समूहमा विभाजन गरी विभिन्न कार्यक्रम संचालन तथा वैठक बस्ने विधिवारे अभ्यास गराइएको कार्यक्रम सञ्चालक कृष्ण मरासिनीले बताए । तालिममा संजिव जोशी र बाबुराम पाण्डेले प्रस्तुतिमाथि टिप्पणी गरेका थिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विशाल जयसवाल, व्यवसायी मदन पौडेलले सहजीकरणमा सहयोग गरेका थिए भने मुख्य प्रशिक्षक विजय पाण्डे रहेको व्यवस्थापन समितिका सदस्य त्रिलोकी प्रसाद तेलीले बताए ।

तालिमलाई गोयनका फूड्सका सञ्चालक मनोज गोयनकाले प्रायोजन गरी प्रोत्साहन गरेका छन् । त्यस्तै शर्मा चश्मा घरकी सञ्चालक सीता भण्डारीले पनि प्रोत्साहन गरेको आयोजकले जनाएका छन् ।  तालिमलाई  नमस्ते खाने तेलका सञ्चालक अर्पित अग्रवाल, बोन जे टुरका सञ्चालक संजिव जोशी, कमल ज्ञवाली र पुजा आचार्यले सहयोग गरेका छन् ।